Rule 17
नियुक्तिपत्र दिने वा रद्द गर्ने
(१) देहायको अधिकारीले देहायका कर्मचारीलाई नियुक्ति
गरेको वा नियुक्ति रद्द गरेको पत्र दिनेछ ः-
(क) अधिकृत तहका कर्मचारीलाई मन्त्रालयको सचिव,
(ख) सहायक तहका कर्मचारीलाई अख्तियारवाला,
(२) उपनियम (१) बमोजिम कुनै कर्मचारीलाई नियुक्तिपत्र दिंदा सम्बन्धित
अधिकारीले निजको बहाली गर्नु पर्ने मिति समेत तोक्न सक्नेछ । बहाली गर्नको निमित्त
कुनै खास मिति तोकिएको भए सोही मितिमा र कुनै मिति नतोकिएकोमा त्यस्तो
नियुक्तिपत्र बुझिलिएको मितिले बाटोको म्याद बाहेक पै“तीस दिनभित्र सम्बन्धित
कर्मचारीले बहाली गर्नु पर्नेछ ।
(३) आफ्नो काबु बाहिरको परिस्थिति परेको सप्रमाण जानकारी दिएमा बाहेक
उपनियम (२) बमोजिमको म्यादभित्र बहाली नगर्ने कर्मचारीको नियुक्तिपत्र नियुक्ति दिने
अधिकारीले रद्द गर्न सक्नेछ । त्यसरी नियुक्तिपत्र रद्द गरिएको जानकारी लोक सेवा
आयोगलाई दिनु पर्नेछ ।